फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जापानी नयाँ मन्त्रीपरिषदप्रति चीनको आशा

(GMT+08:00) 2017-11-02 18:34:59
        चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले चीन-जापान सम्बन्धको स्वस्थ विकास नै दुई देश तथा दुई देशका जनताको मूल अधिकार अनुकूल रहेको भन्दै जापानको नयाँ मन्त्रीपरिषदले चीन-जापान सम्बन्धको सुधार गर्ने आफ्नो धारणालाई व्यवहारमा उतार्नसक्ने अपेक्षा गर्नुभएको छ।

        आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वा छुन यिङले उक्त कुरक बताउनुभएको हो। एक तारिख दिउँसो जापानी लिबरल डेमोक्र्याटिक पार्टीका अध्यक्ष सिन्जो आबेले अधिक मतका साथ जापानी प्रधानमन्त्रीको पदमा पुनःनियुक्त पाउनुका साथै नयाँ मन्त्रीपरिषदको गठन गर्नुभएको छ। त्यसबारे चर्चा गर्दै प्रवक्ता ह्वाले जापानी नयाँ मन्त्रीपरिषदले सम्बन्धित पत्र र सहमतिको अनुभव लिएर, चीनमाथि सक्रिय नीति चलेर चीन-जापान सम्बन्ध सुधार गर्ने आफ्नो धारणालाई व्यवहारमा उतारेर, चीनसँग दुई देशबीचको सम्बन्धलाई सही दिशामा ल्याउन प्रयास गर्नसक्ने आशा चीनले लिएको उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु