फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङलाई विभिन्न देशका नेताको बधाई

(GMT+08:00) 2017-11-03 16:29:55

        हालै केही देशका सत्तारुढ पार्टीका नेताहरुले निरन्तर रुपमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ चिनियाँ कम्युनिष्ट पार्टीको 19औं अधिवेशनबाट केन्द्रीय समितिको महासचिव पदमा नियुक्त हुनुभएकोमा शुभकामना तथा बधाई सन्देश पठाएका छन्।

         ब्राजिलका राष्ट्रपति मिचेल टेमले बधाई सन्देशमा राष्ट्राध्यक्ष सी फेरि चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको महासचिवमा नियुक्त हुनुभएकोमा शुभकामना व्यक्त गर्दै राष्ट्राध्यक्ष सीको नयाँ कार्यावधिमा अझ ठूलो उपलब्धि हुने आशा गर्नुभएको छ। उहाँले ब्राजिल र चीनबीचको चौतर्फी रणनीतिक साझेदारी सम्बन्धलाई प्रवर्द्धन गर्दै जाने पनि बताउनुभएको छ।

        अफ्गानिस्तानका राष्ट्रपति अशरफ घानीका अनुसार राष्ट्राध्यक्ष सीले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको महासचिव पदमा फेरी नियुक्त हुनुभएकोबाट चिनियाँ कम्युनिष्ट पार्टीका सबै सदस्य र चिनियाँ जनताले राष्ट्राध्यक्ष सीको उल्लेखनीय तथा श्रेष्ठ निर्देशन क्षमतालाई उच्च स्वीकृत गर्दै चीनमा अझै बढी विकासको अपेक्षा गरेको प्रतिबिम्बित भएको छ।

         मंगोलियाको मङ्गोलियन डेमोक्रेटिक पार्टीका अध्यक्ष सोर्डेनका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको 19औँ महाधिवेशनद्वारा प्रस्तुत सी चिन फिङ युग चिनियाँ विशेषतायुक्त समाजवाद विचारले चीनको विकासका लागि विशाल योगदान गर्दै चीनको अन्तर्राष्ट्रिय प्रभावित शक्तिलाई उकास्ने भएको छ।

जानकारी तथा लेखहरु