फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ युगमा चीनको कुटनीति सुरु

(GMT+08:00) 2017-11-03 16:30:47

        चीनको परराष्ट्र मन्त्रालयले आज नोभेम्बर तीन तारिख सार्वजनिक गरेअनुसार चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव एवं राष्ट्राध्यक्ष सी चिन फिङले यही नभेम्बर दश तारिखदेखि 19 औँ महाधिवेशनपछि पहिलो विदेशी भ्रमण गर्नुहुने छ। उहाँको पहिलो विदेशी भ्रमणमा भियतनाममा आयोजना हुन लागेको एशिया प्रशान्त आर्थिक सहयोग संगठनको 25 औँ अनौपचारिक शिखर सम्मेलनमा भाग लिने तथा भियतनाम र लाओसको राजकीय भ्रमण गर्नुहुने कार्यक्रम छ।

         वर्तमान विश्व अर्थतन्त्रको समष्टिगत परिस्थिति राम्रो देखिन्छ। तापनि अस्थिर कारक निरन्तर भैरहेको छ। अन्तर्राष्ट्रिय समाजले चिनियाँ कम्युनिष्ट पार्टीको 19औँ महाधिवेशनपछि चीनले निरन्तर रुपमा क्षेत्रीय अर्थतन्त्रको एकिकरणलाई प्रवर्द्धन गर्दै विश्व अर्थतन्त्रको पुनःरुत्थानका लागि अझ ठूलो योगदान गर्दै जाने आशा गरेको छ। यसप्रति चिनियाँ उप परराष्ट्र मन्त्री ली पाउ तुङ्गले चीनले निरन्तर रुपमा एशिया प्रशान्त आर्थिक सहयोग संगठनका अन्य सदस्य मुलुकसँग आपसी आर्थिक सहयोगलाई बढाउँदै एशिया प्रशान्त र सारा विश्वको विकास र समृद्धिलाई प्रवर्द्धन गर्दै जाने छ।

         भियतनाम र लाओस सबै चीनको छिमेकी महत्वपूर्ण साझेदारी हुन्। अनि यी दुबै मुलुक र चीन सबै कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको समाजवाद मुलुक हुन्। यी दुबै मुलुकलाई 19 औँ महाधिवेशन भएपछि राष्ट्राध्यक्ष सीद्वारा भ्रमण गर्नुहुने पहिलो मुलुक भएबाट चीनले भियतनाम र लाओससँगको सम्बन्धलाई जोड दिएको प्रतिबिम्बित भएको छ।

जानकारी तथा लेखहरु