फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले भियतनाम र लाओससँग द्बीपक्षीय व्यापार विस्तार गर्ने

(GMT+08:00) 2017-11-03 16:31:13
       चिनियाँ वाणिज्य मन्त्रालयका प्रेस प्रवक्ता क्वाउ फङ्ले हिजो नोभेम्बर दुई तारिख पैचिङ्गमा चीनले भियतनाम र लाओससँगको द्बिपक्षीय व्यापारलाई सक्रिया विस्तार गर्दै पारस्परिक हित तथा साझा फाइदाको प्रवर्द्धन गर्दै जाने बताउनुभयो।

         प्रवक्ता क्वाउका अनुसार हाल केही वर्षयता चीन र भियनतामबिचको आर्थिक तथा व्यापारिक सहयोग झन झन बढी गहन हुँदै गएको छ। आपसी व्यापार तिब्र गतिमा विकसित भैरहेकोछ। सन् 2017 मा चीन र भियतनामबीचको द्बिपक्षीय व्यापारिक रकम एक खर्ब अमेरिकी डलर पुग्ने छ।

          चीन र लाओसबीचको आर्थिक तथा व्यापारिक सहयोग पनि लगातार बढ्दै गएकोछ। हाल चीन लाओसको दोस्रो ठूलो व्यापारिक साझेदारी बनेको छ। ठूलो परिमाणमा चिनियाँ व्यवसायले लाओसमा लगानी गर्न थालेका छन्।

जानकारी तथा लेखहरु