फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चालु वर्षका अघिल्ला तीन त्रैमासिक अवधिमा चीन र बीआरआई मुलुकबीचको व्यापारमा वृद्धि

(GMT+08:00) 2017-11-03 18:54:54

         चीनको वाणिज्यमन्त्रालयका प्रवक्ता काउ फङले चीन र एक पेटी एक मार्ग वरिपरिका मुलुकबीचको व्यापारिक मात्रा यो वर्षका अघिल्ला तीन त्रैमासिक अवधिमा 7 खर्ब 85 अर्ब 90 करोड अमेरिकी डलर पुगेको बताउनुभयो। गत वर्षको सोही अवधिको तुलनामा पन्ध्र प्रतिशत बढेको र सो क्षेत्रलाई दुई लाखभन्दा बढी रोजगार प्रदान गरेको पनि उहाँले बताउनु भयो।

         हिजो नोभेम्बर दुई तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता काउ फङले उक्त कुरा बताउनुभएको हो। उहाँले यसबाहेक चीन र त्यसवरिपरि मुलुकबीच अनेकौँ ठूलो सहयोगी परियोजना छिटो संचालन हुने भन्दै चीन-लाओस रेलमार्ग, पाकिस्तानको काराकोरम हाइवेइको दोस्रो चरण, कराची एक्स्प्रेस निर्माण सुरु भइसकेको बताउँदै केन्याको मम्बोसा पोर्ट-नैरोबी रेलमार्ग औपचारिक रुपमा संचालन भएको उल्लेख गर्नुभयो। यसका साथै चीन-रुस, चीन-कजाकिस्तान, चीन म्यामार आदि तेल तथा ग्यास पाइपलाइन परियोजनाको निर्माण वा संचालन कार्य व्यवस्थित रुपमा भइरहेको जानकारी पनि उहाँले दिनुभयो। भविष्यमा चीनको वाणिज्यमन्त्रालयले वेल्ट एन्ड रोड इनिसिएटिभ अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको आर्थिक तथा व्यापारिक उपलब्धिलाई व्यवहारमा उत्तारेर खुलापनमा विश्व आर्थिक विकासलाई बढाउने पनि उहाँले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु