फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी राष्ट्रपतिको चीनको भ्रमणबारे चिनियाँ उपपरराष्ट्र मन्त्रीद्वारा पत्रकार सम्मेलनको आयोजना

(GMT+08:00) 2017-11-04 14:18:54

चिनियाँ उपपरराष्ट्र मन्त्री चङ्ग च क्वाङ्गले तीन तारिख परराष्ट्र मन्त्रालयमा चिनियाँ तथा विदेशी पत्रकार सम्मिलित एक पत्रकार सम्मेलनको आयोजना गर्दै अमेरिकी राष्ट्रपतिको आसन्न चीन भ्रमण सम्बन्धी तयारी कार्यबारे जानकारी दिनुभएको छ। उहाँका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै नोभेम्बर आठदेखि दश तारिखसम्म चीनको राजकीय भ्रमण गर्नुहुने छ। चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशन पश्चात् चीनले स्वागत गर्ने उहाँको यो पहिलो राजकीय भ्रमणका क्रममा चीन र अमेरिकाका नेताबीचको भेटवार्ताले नयाँ युगमा आपसी सम्बन्धको विकासलाई स्वस्थ तथा स्थिर बनाउनुका साथै एशिया प्रशान्त क्षेत्र तथा सारा विश्वको शान्ति、स्थिरता、र समृद्धिका लागि महत्वपूर्ण भावार्थ राख्नेछ।

हाल केही समययता चीन र अमेरिकाका कार्य टोलीबीच घनिष्ट सम्पर्क राखिँदै आइएको छ र सम्बन्धित तयारी काम सुचारु रुपमा भैरहेको छ। चीनले राष्ट्रपति ट्रम्पलाई हार्दिक तथा सदिच्छापूर्ण स्वागत गर्ने भएको छ।

चीन र अमेरिकाले विश्वको शान्ति तथा स्थिरताको संरक्षण、सारा विश्वको विकास तथा समृद्धिलाई प्रवर्द्धन गर्ने आदि क्षेत्रमा व्यापक साझा हित र विशेष महत्वपूर्ण जिम्मेवारी लिएका छन्। चीनले अमेरिकासँग आपसी मुलुकका नेताबीच प्राप्त सहमति बमोजिम पारस्परिक सम्मान दिँदै सहयोग गर्नुका साथै मतभेदको नियन्त्रण गर्दै जाने आशा गरेको छ।

जानकारी तथा लेखहरु