फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लडाइँ तत्परता र प्रतिरोध क्षमतामा जोड दिन चिनियाँ राष्ट्राध्यक्ष सीको निर्देशन

(GMT+08:00) 2017-11-04 14:19:19

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको नयाँ सैनिक व्युरोले 19औं महाधिवेशनको भावनालाई व्यवहारमा उतार्दै पूर्णरूपमा सेनाका विभिन्न काममा युद्ध गर्नसक्ने र लडाइँमा विजय पाउनसक्ने स्पष्ट धारणालाई मजबुत बनाउनुपर्छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव、केन्द्रीय समितिको सैनिक व्यूरो तथा सैनिक व्यूरोको संयुक्त सहयोग निर्देशन विभागका प्रमुख निर्देशक सी चिन फिङले तीन तारिख सैनिक व्यूरोको संयुक्त सहयोग निर्देशन विभागको निरीक्षण गर्दै उक्त कुरा बताउनुभएको हो।

उहाँका अनुसार चिनियाँ जनमुक्ति सेनाको लडाइँ तयारी विषयलाई उच्च जोड दिनुपर्छ। चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनपछिको दोस्रो दिनमै राष्ट्राध्यक्ष सीले पहिलो सैनिक समितिका स्थायी बैठकको आयोजना गर्दै सम्बन्धित विभिन्न विभागले पूरै सेनाको विभिन्न काममा युद्ध गर्नसक्ने र विजय हासिल गर्नसक्ने क्षमतामा जोड दिनुपर्छ भनी व्यक्त गर्नुभएको थियो। उहाँका अनुसार राष्ट्रिय सुरक्षा परिस्थितिको परिवर्तनमा घनिष्ट ध्यान दिँदै विभिन्न क्षेत्रमा सैनिक युद्धका लागि तयारी गर्नुपर्छ। सधैं नै राष्ट्रिय सार्वभौमिकता、सुरक्षा、विकास हितको संरक्षण गर्दै जानुपर्छ।

जानकारी तथा लेखहरु