फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भियतनाम कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव र प्रधानमन्त्रीद्वारा चीनका परराष्ट्रमन्त्रीसँग भेट

(GMT+08:00) 2017-11-04 14:19:41

भियतनाम कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव न्गुयेन फु ट्रुङ र भियतनामका प्रधानमन्त्री न्गुयेन स्येन फुकले बेग्ला बेग्लै गरी हनोइमा चीनका परराष्ट्रमन्त्री वाङ यीसँग भेट-वार्ता गर्नुभएको छ।

सो अवसरमा भियतनामी नेताहरूले चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौँ महाधिवेशनको सफल आयोजना र सी चिन फिङको नयाँ युगमा चिनियाँ विशेषतायुक्त सामाजवादी विचारधारालाई चिनियाँ कम्युनिष्ट पार्टीको निर्देशकका रुपमा राखिएकोप्रति बधाइ ज्ञापन गर्नुका साथै भियतनामले चीनको उन्नाइसौँ महाधिवेशनको अनुभवबाट सिकेर आफ्नो समाजवादी विकासलाई अघि बढाउने विचार व्यक्त गर्नुभयो। महासचिव तथा राष्ट्राध्यक्ष सी चिन फिङ एशिया तथा प्रशान्त क्षेत्रको आर्थिक सहयोग संगठनका नेताबीचको अनौँपचारिक सम्मेलनमा सहभागी हुनुहुने र भियतनामको राजकीय भ्रमण गर्नुहुने विषयमाथि भियतनामले उच्च ध्यान दिनुका साथै त्यसको लागि सकेसम्म तयारी गर्ने पनि उहाँहरुले उल्लेख गर्नुभयो।

त्यस क्रममा चीनका परराष्ट्रमन्त्री वाङ यीले भियतनामको बधाइप्रति धन्यवाद ज्ञापन गरी उन्नाइसौँ महाधिवेशनको मुख्य अनुभवबारे जानकारी दिनुभयो। उहाँले भियतनामलाई उन्नाइसौँ महाधिवेशनपछि महासचिव तथा राष्ट्राध्यक्ष सी चिन फिङले आफ्नो पहिलो विदेश भ्रमणको कार्यक्रममा राखेबाट चीन-भियतनाम सम्बन्धमा चीनले उच्च ध्यान दिएको प्रतिबिम्बित हुने बताउनुभयो। यस भ्रमणबाट आपसी रणनीतिक आदान-प्रदान, राजनीतिक विश्वास बढाएर चीन-भियतनाम चौतर्फी रणनैतिक साझेदारी सम्बन्धको समष्टिगत डिजाइन र तयारी गरेर दुई पार्टी तथा दुई देशबीचको सम्बन्धलाई उकास्न सकिने पनि वाङ यीले उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु