फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सीको नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादी विचारधाराको जेनेभास्थित अन्तर्राष्ट्रिय संगठनद्वारा उच्च मूल्याङ्कन

(GMT+08:00) 2017-11-04 14:20:06

संयुक्त राष्ट्रसंघका लागि चीनका स्थायी प्रतिनिधि एवम् स्वीजरल्याण्डका अरु अन्तर्राष्ट्रिय संगठनका लागि चीनका स्थायी प्रतिनिधि मा चाउ स्युले दुई तारिख एक बैठकको आयोजना गरी जेनेभाका मुख्य अन्तर्राष्ट्रिय संगठनका जिम्मेवार र जेनेभाका लागि केही मुलुकका राजदूतलाई चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौँ महाधिवेशनको अनुभवबारे जानकारी दिनुभएको छ।

मा चाउ स्युले उन्नाइसौँ महाधिवेशनमा महासचिव सी चिन फिङको प्रतिवेदनले विश्वको विकास प्रवृत्ति र चीनको ऐतिहासिक स्थानलाई सही रुपमा लिएर चिनियाँ विशेषतायुक्त समाजवादी नयाँ युगमा प्रवेश भएको सम्बन्धमा महत्वपूर्ण निर्णय गरेको जानकारी दिनुभयो। उहाँले मानव भाग्य समुदाय र नयाँ ढाँचाको अन्तर्राष्ट्रिय सम्बन्धको निर्माणलाई बढाउँदै जान नयाँ युगमा चिनियाँ विशेषतायुक्त ठूलो मुलुकको कूटनीतिको मूल लक्ष्य रहेको भन्दै चीन विश्व शान्तिको निर्माता, विश्व विकासको योगदानकर्ता, अन्तर्राष्ट्रिय व्यवस्थापनको संरक्षकका रूपमा रहेर मानव विकासको लागि अझ ठूलो योगदान गर्ने दोहोर्‍याउनुभयो।

सहभागीहरुले उन्नाइसौँ महाधिवेशनको सफलताप्रति बधाइ ज्ञापन गर्नुका साथै सी चिन फिङको नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादी विचारले चीन तथा विश्वको लागि महत्वपूर्ण अर्थ राख्ने र गहिरो प्रभाव पार्ने धारणा व्यक्त गरे। उनीहरुले विगत पाँच वर्षयता चीनमा भएको ऐतिहासिक उपलब्धि र ऐतिहासिक परिवर्तनको सक्रिय मुल्याङ्कन गर्नुका साथै नयाँ युगमा चीनले विश्व समूहमा अझ ठूलो भूमिका निर्वाह गर्ने अपेक्षा लिएको बताए।

जानकारी तथा लेखहरु