फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंमा तिब्बती खाद्य परिकार लोकप्रिय बन्दै

(GMT+08:00) 2017-11-04 14:21:18

काठमाडौंमा हिजोआज तिब्बती खानेकुरा लोकप्रिय हुन थालेका छन्। नयाँ–नयाँ स्वादमा रमाउने बढ्दो चलनका कारण तिब्बती परिकार पनि लोकप्रिय बनेको व्यवसायीले बताउने गरेका छन्। नेपालीलाई मनपर्ने खालको स्वाद भएका कारण चिनियाँ तिब्बती परिकार छिटै नेपालीको मनमा बस्न सफल भएको जाम्बाला रेस्टुरेन्ट स्वयम्भूकी सञ्चालक ल्हाक्डोङ लामाले बताउनुभयो।

पछिल्ला चार–पाँच वर्षमा तिब्बती परिकारले धेरै नेपालीलाई आकर्षित गरेको अनुभव उहाँले सुनाउनुभयो। धेरै युवा लाफिङ र टिङमो खान मन पराउँछन् भने विभिन्न प्रकारका नुडल्स र करीहरु पनि साधारण दिनमा धेरै खाइने परिकार रहेका छन्।

युवाले सामाजिक सञ्जालमा देखेर तिब्बती परिकार खान आउने गरेको बौद्ध स्तूपको टिबेट किचनका आयुष थापाले बताउनुभयो। बौद्धमा हिजोआज टिबेटन स्टाइलको ठूलो मःमनेपाली युवाका लागि फेसन नै बनेको छ।

शरणार्थीकारूपमा नेपाल बस्दै आएका तिब्बती नागरिक लोप्साङ तेन्जनले २० वर्षदेखि रेस्टुरेन्ट व्यवसाय गर्दै आएकामा तिब्बती खानाप्रति नेपालीको आकर्षण बढिरहेको बताउनुभयो।

अहिले तिब्बती स्वाद र परिकारसँग नेपाली घुलमिल भइसकेको उहाँको अनुभव छ। काठमाडौंवासीमा विभिन्न देशका परिकारको स्वाद लिने संस्कार विकास हुँदै गएको लोप्साङलाई लाग्छ। धेरै तिब्बती रेस्टुरेन्टले पस्कने खानामा चिनियाँ खानाको प्रभाव रहेको नागरिकन्यूज डटकमले जनाएको छ।

जानकारी तथा लेखहरु