फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लुम्बिनी, विमानस्थल र भारतीय नाका विकास गर्न प्रदेशका नेताहरूको चासो

(GMT+08:00) 2017-11-04 14:22:04

प्रदेश ५ को आर्थिक राजधानी रूपन्देहीको निर्वाचन क्षेत्र ३ का उम्मेदवारले मतदाता आकिर्षत गर्न यस क्षेत्रको विकासलाई जोड दिएका छन्। लुम्बिनी, अन्तर्राष्ट्रिय विमानस्थल र बेलहिया नाकाको विकासलाई उनीहरूले चुनावी एजेन्डमा प्रमुखता दिएका हुन् ।

निर्वाचन क्षेत्र भारतीय सिमानादेखि लुम्बिनीको प्रमुख व्यापारिक सहर बुटवलसम्म फैलिएको छ। यस क्षेत्रमा बेलहिया नाका, विशेष आर्थिक क्षेत्र (सेज), निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बेलहिया–बुटवल ६ लेन सडक र दर्जनौं उद्योग र कलकारखाना रहेका छन्। यो बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार र स्थलमार्ग हुँदै तेस्रो मुलुक र भारतीय पर्यटक सर्वाधिक नेपाल भित्रिने मुख्य नाका पनि हो।

यहाँ वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले लुम्बिनीलाई केन्द्र मानेर आसपासका क्षेत्रको विकासमा जोड दिएको कान्तिपुर अनलाइनले जनाएको छ। अन्तर्राष्ट्रिय विमानस्थल र्माणलगत्तै विश्वका बैद्ध धर्मावलम्बीको आस्थाको केन्द्र लुम्बिनी बन्ने उनीहरूको भनाइ छ।

निर्वाचनपछि मुलुकमा स्थायी सरकार बन्ने र आर्थिक समृद्धिका गतिविधि निर्वाध सञ्चालन हुनेमा यहाँको निजी क्षेत्र आशावादी छ। विगतमा अस्थिर राजनीतिका कारण निजी क्षेत्र सधैं मारमा परेको उद्योगी व्यवसायीले बताए। आगामी निर्वाचनपछि दिगो सरकार निर्माण हुने र निजी क्षेत्रले भोग्नुपरेका ऊर्जा, मजदुर, आयात–निर्यातका समस्या हल हुने विश्वास उनीहरूले व्यक्त गरे।

जानकारी तथा लेखहरु