फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता सुरु

(GMT+08:00) 2017-11-04 14:22:26

स्याङ्जाको भीरकोट नगरपालिका ५ स्वरेक मैदानमा बिहीबारदेखि अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता सुरु भएको छ। सन् २०१८ मा इन्डोनेसियामा हुने एसियाली हवाई खेलकुदको खेलाडी छनोट गर्ने मुख्य उद्देश्यसहित आयोजना गरिएको बाबु एडभेन्चर क्लबका निर्देशक सानोबाबु सुनुवारले जानकारी दिनुभयो। प्रतियोगितामा अमेरिका, बेलायत, चीन, भारत, स्पेन, स्विट्जरल्याड, बंगलादेशलगायत २० देशका एक सय ८० जना खेलाडीले नाम दर्ता गराएका छन्।

प्रतियोगिताका निर्णायक इन्डोनेसियाका एरिक पाउन्ट नेर, एहमद फैजल र मलेसियाका फेरजल बिन्किपाली खेलकुद स्थलमा आइपुगेका छन्। प्याराग्लाइडिङको उडानस्थल स्वरेक मैदान र अवतरण डौवा मैदानलाई छनोट गरिएको छ । २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ।

प्रतियोगिता उद्घाटनअघि विभिन्न जातीय वेशभूषा तथा झाँकी प्रदर्शनीसहितको र्‍याली प्रदर्शनी गरिएको थियो।

प्रतियोगिता अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, सांस्कृतिक कार्यक्रम, प्रत्येक साँझ भजनकीर्तन, दोहोरी, नौमती बाजा, परम्परागत, जातीय गायन तथा नृत्य, रत्यौली प्रतियोगिता सञ्चालन गरिने भएको अन्नपूर्ण पोस्टले जनाएको छ।

जानकारी तथा लेखहरु