फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय अपराध अदालतका अभियोजक अफ्गान युद्ध अपराधको मामिलामा

(GMT+08:00) 2017-11-04 15:43:12

 अन्तर्राष्ट्रिय अपराध अदालतका अभियोजक फाटौ बेनसौदाले आफ्गानिस्तानको सशस्त्र भिडन्तका संभावित युद्ध अपराधीमाथि जाँच गर्न आफूले आग्रह गरेको र सो अदालतको प्रारम्भिक-परीक्षण शाखाले त्यसको आधिकारिकताबारे निर्णय गर्ने जानकारी दिनुभएको छ।

बेनसौदाका अनुसार, अफ्गानिस्तान सशस्त्र भिडन्तमा सम्बद्ध युद्ध अपराधी र मानवता विरोधी अपराधका उचित प्रामाणिक विषयहरू रहेका छन्। अन्तर्राष्ट्रिय अपराध अदालतको अधिकार सीमित भएकोले सो जाँच सन् 2003को मे एक तारिखपछि अफ्गानिस्तानमा भएको तथा सन् 2002को जुलाइ एक तारिखपछि अन्तर्राष्ट्रिय अपराध अदालतको रोम नियमका अरु स्टेट सदस्यमा भएको युद्ध अपराध र मानवता विरोधी अपराधका आरोपहरूमाथि मात्रै लक्षित भएको पनि उहाँले जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु