फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रधानमन्त्री लीले आशियान नेतास्तरीय सम्मेलनमा भाग लिने

(GMT+08:00) 2017-11-05 14:24:20

चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता व्हा छुन यीङले पाँच तारिख जनाउनुभएअनुसार आशियानको वर्तमान अध्यक्ष मुलुक फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुर्टेटको निमन्त्रणामा चीनको राज्य परिषदका प्रधानमन्त्री ली ख छ्याङ्गले यसै नोभेम्बर 12 देखि 16 तारिखसम्म फिलिपिन्सको भ्रमण गर्नुहुने भएको छ।

भ्रमणका क्रममा उहाँले मनिलामा आयोजना हुन लागेको बीसौं चीन-आशियान नेतास्तरीय सम्मेलन, बीसौं आशियान तथा चीन जापान दक्षिण नेतास्तरीय र बाह्रौं पूर्वी एशियाली शिखर सम्मेलन लगायतका कार्यक्रमहरूमा भाग लिनुहुने कार्यक्रम छ। साथै उहाँले फिलिपिन्सको राजकीय भ्रमण पनि गर्नुहुने प्रवक्ता ह्वाले जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु