फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको पहिलो थिङ्क थ्याङ्क स्थापना

(GMT+08:00) 2017-11-05 14:24:40

तिब्बत स्वायत्त प्रदेशको समष्टिगत विकास प्रतिष्ठान चार तारिख ल्हासामा स्थापना भएको छ जसलाई तिब्बतको पहिलो लोक थिङ्क थ्याङ्क अथवा विचारक समूहको रुपमा मानिएको छ।

तिब्बत स्वायत्त प्रदेशको समष्टिगत विकास प्रतिष्ठानका प्रमुख छन काङले हिमालय वरिपरि क्षेत्रको विकासबारे अध्ययन गर्ने प्रतिष्ठानको मुख्य कार्य रहेको जानकारी दिँदै दक्षिण एशियाली मुलुकको शैक्षिक अनुसन्धान संस्थानहरुसँग औद्योगिक, पर्यावरणीय, साँस्कृतिक लगायत सहयोगी संभावना रहेका क्षेत्रको बुझाइलाई गहन पारी आर्थिक तथा व्यापारिक सम्पर्क र विचारक समूहको आदान-प्रदानलाई घनिष्ठ बनाएर वीन-वीन अवस्था सिर्जना गर्ने अपेक्षा आफूले लिएको व्यक्त गर्नुभयो।

तिब्बत स्वायत्त प्रदेशीय वाणिज्य विभागबाट प्राप्त जानकारीका अनुसार, लोक विचारक समूह र सरकारी अध्ययन संस्थान परिपूरक हुनसक्छन्। सरकारी अध्ययन संस्थानहरूभन्दा फरक यो हो कि भने लोकक्षेत्रका जनमत बुझ्ने लोक विचारक समूहको आफ्नो फरक च्यानल छ जसले तिब्बती आर्थिक विकासमा टेवा पुर्याउनसक्छ।

जानकारी तथा लेखहरु