फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङकङ र मकाउले राष्ट्रिय गानसम्बन्धी विधान बनाउने

(GMT+08:00) 2017-11-05 14:25:19

चीनको राष्ट्रिय जनकाँग्रेसको बाह्रौँ स्थायी समितिको तीसौँ सम्मेलनले चार तारिख दिउँसो मतदान गरी निर्णय गरेअनुसार, जनगणतन्त्र चीनको हङकङ् विशेष प्रशासनीय क्षेत्र आधारभूत ऐनको कैफियत तीन र जनगणतन्त्र चीनको मकाउ विशेष प्रशासनिक क्षेत्र आधारभूत ऐनको कैफियत तीनमा राष्ट्रिय ऐन मातहत जन गणतन्त्र चीनको राष्ट्रिय गान ऐन थपिने भएको छ। त्यसपछि हङकङ र मकाउ सरकारले राष्ट्रिय गान ऐनको विधान संचालन हुने जानकारी दिएका छन्।

हङकङ विशेष प्रशासनिक क्षेत्रको सरकारी मामिला विभागका प्रमुख चाङ च्येन चुङले हङकङ सरकारले विधानलाई छिटै संचालन गरी हङकङको संविधान, कानूनी प्रणाली र आफ्नो अवस्थाको आधारमा कानुन बनाउने बताउनुभयो।

यसैगरी मकाउ विशेष प्रशासनिक क्षेत्रको सरकारी मामिला विभागले मकाउ सरकारले राष्ट्रिय गान ऐनको अनुभव लिएर मकाउको वर्तमान अवस्थाको आधारमा विधान सं‍चालन गर्ने व्यक्त गरेको छ।

जानकारी तथा लेखहरु