फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिच्याएर वर माग्ने धार्मिक मेला

(GMT+08:00) 2017-11-05 14:43:01

पाल्पाको सत्यवतीमा चिच्याएर वर माग्ने तीनदिने धार्मिक मेला शनिबार सकिएको छ। सत्यवती मन्दिरको किनारमा ताल रहेकाले भक्तजनले तालको वरीपरी घुम्दै चिच्याएर वरदान माग्ने गर्दछन्। सत्यवती मन्दिर नजिकै तालमा कात्तिक शुल्क चर्तुदर्शीको दिन सत्यवती बजैलाई सम्झेर बासको लिङ्गो गाडी चिच्चाएर बरदान माग्ने र अर्को दिन बिहान उज्यालो नहुदै पूर्णिमाका दिन गाडेको लिङ्गो उठाएर घरमा ल्याउने प्रचालन रहँदै आएको छ।

सत्यवती बजै कान नसुन्ने बहिरी भएकाले चिच्चाएर वरदान माग्नु परेको बुढापाकाको भनाई रहेको छ। सत्यवती बजैसँग चिच्चाएर मागेको वर पुरा हुने भन्दै निकै टाढाटाढाबाट भक्तजन मन्दिरमा आउने गरेका छन् । सत्यवती बजैसँग रातमा मात्र चिच्चाएर वरदान माग्ने प्रचलनलाई आजकल दिउँसोमा पनि माग्ने गरिएको छ।

भक्तजनले मागेका कुराहरु सत्यवती बजैले पूरा गरिदिने जनविश्वासका आधारमा राँगा, कुखुरा, हाँस, बोकाको बली दिने र त्यतिकै जंगलमा छाडिदिने प्रचलन रहँदै आएको छ।

सिद्धार्थ राजमार्ग तानसेन बुटवल सडक खण्डको झुम्सा पानीमिलबाट करिब एक घण्टाको उकालो पैदल दूरी पारगरी सत्यवती मन्दिरमा पुग्न सकिन्छ।

जानकारी तथा लेखहरु