फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल सरकारले सुरू गरेको स्वास्थ्य बिमा १ प्रतिशत घरधुरीमा

(GMT+08:00) 2017-11-05 14:43:25
सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम करिब १ प्रतिशत घरधुरीमा पुगेको छ। सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको तथ्यांकअनुसार विगत दुई वर्षको अवधिमा नेपालका ५० हजार ९ सय २१ घरधुरी बिमा कार्यक्रममा सहभागी भएका छन्। पछिल्लो राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा कुल घरधुरी ५४ लाख २७ हजार ३ सय २ रहेको छ। सो आधारमा ०.९४ प्रतिशत घरधुरी कार्यक्रममा सहभागी भएको समितिले बताएको छ। दुई वर्षभित्र नेपाल सबै नागरिकलाई कार्यक्रममा समेटिने सरकारको लक्ष्य रहेको छ।

तथ्यांकअनुसार पाल्पा जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सबैभन्दा बढी १५.१२ प्रतिशत घरधुरी समेटिएका छन् । तर, अछाम, बैतडी, जाजरकोट र कैलालीका थोरै घरधुरी मात्रै बिमा कार्यक्रममा समेटिएका कारोबार अनलाइनले जनाएको छ। जनसंख्याको आधारमा हेर्ने हो भने नेपालको कुल जनसंख्यामध्ये ०.८६ प्रतिशत मानिस बिमा कार्यक्रममा सहभागी भएका छन्। दुई वर्षमा २ लाख २८ हजार ११३ जना व्यक्ति बिमामा आबद्ध भएका छन्।

चालू आवका लागि १४ जिल्ला छनोट भएका छन् । यस्तै, सरकारले हालै स्वास्थ्य बिमा ऐन पनि जारी गरेको छ। ऐनले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनका लागि छुट्टै बोर्डको समेत व्यवस्था गरेको छ। बोर्डको गठनपछि स्वास्थ्य बिमा कार्यक्रम तीब्र गतिमा अगाडि बढ्ने समितिका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. भुवन पौडेलले बताउनुभयो। आव २०६९÷७० को बजेट भाषणमार्फत सरकारले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको थियो।

जानकारी तथा लेखहरु