फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फेरि भेटिएका दुई वटा गैँडाको अवस्था बुझ्न निकुञ्जको टोली भारतमा

(GMT+08:00) 2017-11-06 13:53:12

भारतको वाल्मीकि टाइगर रिजर्ब नजिकै नेपाल–भारत सीमा क्षेत्रबाट झण्डै २५ किलोमिटर पर भारतीय भूमिमा दुई वटा गैँडा भेट्टिएको छ। रिजर्बबाट गैँडा रहेको जानकारी दिँदै उद्धार गर्न आग्रह गरेपछि चितवन निकुञ्जको टोली गैँडाको अवस्था बुझ्न अहिले भारत पुगेको गोरखापत्र अनलाइनले लेखेको छ।

दुर्लभ एकसिंगे गैँडालाई गएको साउनमा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जबाट बगाएर भारत पु¥याएको अनुमान गरिएको भारत पुग्नुभएका निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेले जानकारी दिनुभयो।

"नेपाल–भारत सीमा क्षेत्रबाट झण्डै २५ किमी भारततर्फ दुई वटा बयस्क गैँडा देखिएका छन्, दुई÷चार दिनमा उद्धार गर्नुपर्ने देखिएको छ"– डा गैरेले भन्नुभयो। भारतको वाल्मीकि टाइगर रिजर्बले गैँडा लैजान अनुरोध गरेपछि अवस्था बुझ्न भारत पुगेको उहाँले बताउनुभयो।

गैँडाको उद्धारका लागि हात्ती पठाइसकिएको र आवश्य सामग्री पनि लैजानेक्रम शुरु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो।

यसअघि बाढीले बगाएका आठ गैँडालाई भारतबाट उद्धार गरिसकिएको छ। गएको साउन २८ गते आएको बाढीका कारण ती गैँडा बगाएका थिए। दुई वटा गैँडा भने बाढीका कारण मरेको थियो। बाढीले चितवन निकुञ्जको वन्यजन्तु वासस्थान नै तहसनहस बनाएको थियो।

जानकारी तथा लेखहरु