फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व इन्टर्नेट सम्मेलन डिसेम्बर ३ देखि चीनमा आयोजना हुने

(GMT+08:00) 2017-11-06 15:02:16

'चोथों विश्व इन्टर्नेट सम्मेलन'उ चन शिखर सम्मेलन' आगामी डिसेम्बर ३-५ सम्म च च्याङ प्रान्तीय उ चनमा आयोजना हुने भएको छ। उक्त कुरा चौथो विश्व इन्टर्नेट सम्मेलन संयोजन समितिले हिजो नोभेम्बर ५ तारिख आफ्नो आधिकारिक वेभसाइटमा सार्वजनिक गरेको हो।

'डिजिडल अर्थको विकास गर्दै खुला तथा संयुक्त प्रयोगको प्रवर्द्धन— हातमा हात मिलाएर इन्टर्नेटको संयुक्त भविष्यको निर्माण गरौँ' भन्ने यस पटकको सम्मेलनको मुख्य विषय-सूची रहने बताइएको छ। विश्वव्यापी सरकार, अन्तर्राष्ट्रिय संगठन, उद्योग व्यवसाय, प्राविधिक समूह तथा लोक समूहका अग्र व्यक्तिहरूले डिजिडल अर्थतन्त्र, अग्रसर प्रविधि, इन्टर्नेट तथा समाज, इन्टर्नेटको संचालन तथा आदानप्रदान र सहयोगको बारेमा छलफल तथा बैचारिक आदानप्रदान गर्ने छन्।

यस पटकको सम्मेलनको उद्घाटन समारोहमा इन्टर्नेट क्षेत्रमा अग्रसर वैज्ञानिक तथा प्राविधिक उपलब्धि पनि सार्वजनिक गरिने जनाइएको छ।

यस पटकको सम्मेलन चीन राष्ट्रिय इन्टर्नेट तथा सूचना कार्यालय तथा च च्याङ प्रान्तीय सरकारको संयुक्त संयोजनमा हुनेछ।

जानकारी तथा लेखहरु