फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इजरायली वायु सेनाको संयुक्त अभ्यासमा पहिलोपटक भारत सहभागी

(GMT+08:00) 2017-11-06 15:13:09

इजरायली राष्ट्रिय प्रतिरक्षा सेनाले हिजो नोभेम्बर पाँच तारिखदेखि दक्षिणी भागको ओभ्दा वायु सेना अखडामा "निलो झण्डा" शीर्षकको ठूलो पैमानाको वायु सेनाको संयुक्त अभ्यासको आरम्भ गरेको सिन्ह्वा समाचार समितिले जनाएको छ। अमेरिका, ग्रिस, पोल्याण्ड, जर्मनी, फ्रान्स, इटली र भारत आदि मुलुकका वायु सेनाले त्यस संयुक्त अभ्यासमा भाग लिएका छन्। जुन भारतले इजरायली वायु सेनाको अभ्यासमा भाग लिएको पहिलो पटक हो। भारतले एउटा सी-130 जी ढुवानी विमानलाई पनि पठाएको छ।

इजरायली स्थानीय सञ्चार-माध्यमले जनाए अनुसार, उक्त संयुक्त अभ्यासमा सहभागी मुलुकले लडाकु विमान, ढुवानी विमान र पेट्रोल विमान लगायतका विभिन्न प्रकारका विमानहरूलाई पठाएका छन्। त्यस संयुक्त अभ्यासको मुख्य उद्देश्य लडाईंको क्षमतालाई उकास्नु र विभिन्न मुलुक बीचको सहकार्यलाई प्रबर्द्धन गर्नु रहेको छ। त्यस संयुक्त अभ्यास हालका जुनसुकै विशेषतायुक्त सुरक्षा परिस्थितिसँग कुनै पनि सम्पर्क नरहेको कुरा इजरायली राष्ट्रिय प्रतिरक्षा सेनाले जनाएको छ।

जानकारी तथा लेखहरु