फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा उत्पादित नेभिगेसन उपग्रह प्रणालीको विश्व नेटवर्क स्थापनामा

(GMT+08:00) 2017-11-06 15:27:53

पैचिङ समय अनुसार, हिजो नोभेम्बर ५ तारिख बेलुकी सात बजेर ४५ मिनेट जाँदा चीनको स छाङ उपग्रह प्रक्षेपण केन्द्रमा विश्व नेटवर्कको स्थापनाको लागि छाङ चङ तेस्रो. ख रकेटद्वारा २ वटा पै तौ तेस्रो उपग्रह सफल प्रक्षेपण गरिएको छ। यो नै पै तौ तेस्रो उपग्रहको पहिलो प्रक्षेपण हो र चीनमा उत्पादित पै तौ नेभिगेसन उपग्रह प्रणालीको विश्व नेटवर्कको स्थापनाको नयाँ युगमा प्रवेश भएको प्रतीक पनि हो।

प्रक्षेपित ती उपग्रह निर्धारित लिगमा प्रवेश भएपछि सम्बद्ध जाँच तथा परीक्षण गरिने छ र उचित समयमा बाह्य विश्वका लागि सेवा प्रदान गरिने जानकारी चीन पै तौ उपग्रह नेभिगेसन प्रणालीका प्रमुख इन्जिनियर याङ छाङफङले बताउनु भएको छ।

चीनले २० औँ शताब्दीदेखि चीनको अवस्थासँग अनुकूल नेभिगेशन उपग्रह प्रणालीको विकासको अध्ययन गर्न थालेको छ र 'तीन कदम' विकास रणनीति बनाएको छ। सन्२००० को अन्तसम्म पै तौ पहिलो प्रणालीको स्थापना गरी चीनलाई सेवा प्रदान गर्नु पहिलो कदम हो। त्यसैगरी सन्२०१२ को अन्तसम्म पै तौ दोस्रो प्रणालीको स्थापना गरी एशिया-प्रशान्त क्षेत्रलाई सेवा प्रदान गर्नु दोस्रो कदम हो र सन् २०२० सम्म पै तौ विश्व प्रणालीको स्थापना गरी विश्वलाई सेवा प्रदान गर्नु तेस्रो कदम हो। हालसम्म चीनले अघिल्ला २ कदमलाई व्यवहारमा उतारिसकेको छ र अमेरिका, रूसपछि विश्वमा आफ्नो अध्ययन र विकासमा बनाउने नेभिगेसन उपग्रह प्रणाली भएको तेस्रो मुलुक बनेको छ।

जानकारी तथा लेखहरु