फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

टेन्सेन्टको आविष्कारको बाटोमा हामी सम्मेलन आयोजना

(GMT+08:00) 2017-11-06 18:07:15

चीनको इन्टरनेट कम्पनी टेन्सेन्टले हिजो नोभेम्बर पाँच तारिख पैचिङमा एउटा बिशाल विज्ञान-प्रविधि सम्मेलनको आयोजना गरेको छ। सो सम्मेलनमा प्राणी विज्ञान, क्वान्टम तथ्याङ्क, मानव बुद्धिजीवी र वैज्ञानिक साहित्य सम्बन्धी विश्वका वैज्ञानिकहरू र अन्य अतिथिहरूले भेला भई भावी वैज्ञानिक र प्राविधिक विकासबारे विचार-विमर्श गरेका छन्। अन्तरिक्ष वैज्ञानिक स्टिफन विलियम होउकिङले विशेषत: भिडियोमार्फत चिनियाँ दर्शकसमक्ष भावी अन्तरिक्ष यात्राको सम्भावनाबारे अवगत गराउनुभएको छ।

टेन्सेन्टको आविष्कारको बाटोमा हामी विषयक सम्मेलन लगातार पाँच वर्षदेखि आयोजना हुँदै आएको छ। हरेक वर्ष टेन्सेन्ट कम्पनीले विश्वका अग्र स्थानमा रहेका वैज्ञानिक-प्राविधिक कम्पनीका जिम्मेवार व्यक्ति र विशेषज्ञहरूलाई निमन्त्रणा दिएर सबभन्दा पछिल्लो विज्ञान-प्रविधिको उपभोग गर्ने गर्दछ।

यो वर्षको सम्मेलन अवधिमा टेन्सेन्ट कम्पनी तथा प्रसद्धि विज्ञान, शिक्षा र पेशागत प्रकाशन संस्था स्प्रिङ्गर नेथर ग्रुप बीच रणनीतिक सहकार्य सम्झौता पनि सम्पन्न भएको छ।

जानकारी तथा लेखहरु