फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बहुदेशीय सेनाद्बारा एमनका सबै वैदेशिक मार्ग बन्द

(GMT+08:00) 2017-11-06 18:08:14

इरानले एमनको हुथी सशस्त्र समूहलाई क्षेप्यास्त्र आदि अस्त्रको ओसार-पसार कार्य रोक्नका लागि साउदी अरबको नेतृत्वमा रहेको बहुदेशीय सेनाले हिजो नोभेम्बर पाँच तारिख रातिदेखि एमनको बाहिरतर्फ जाने सबै स्थल, समुद्र र वायु मार्ग बन्द गर्ने घोषणा गरेको सिन्ह्वा समाचार समितिले जनाएको छ।

साउदी अरबको राष्ट्रिय समाचार समितिले बहुदेशीय सेनाको एउटा बक्तव्यलाई उद्बृत गर्दै जनाए अनुसार, हुथी सशस्त्र समूहले गत चार तारिख सारदी अरबको राजधानी रियाद अन्तर्राष्ट्रिय विमानस्थलतर्फ प्रक्षेपण गरेको बालिस्टिक क्षेप्यास्त्रको बिनाशको विश्लेषण गरेपछि सैनिक विशेषज्ञहरुले सो क्षेप्यास्त्र इरानले निर्माण गरेको निश्चित गरेका छन्। हुथी सशस्त्र समूहले क्षेप्यास्त्रमार्फत साउदी अरबको राजधानीमा प्रक्षेपण गरेको पहिलो पटक हो।

जानकारी तथा लेखहरु