फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा पर्वतारोहण खेल लोकप्रिय बन्दै

(GMT+08:00) 2017-11-07 14:38:50

१५ औँ चीन तिब्बत पर्वतारोहण महोत्सव तिब्बतमा चलिरहेको छ। महोत्सवका अवसरमा हिजो नोभेम्बर ६ तारिख ल्हासास्थित ६ हजार मिटर अग्लो पर्वतको पर्वतारोहीहरूले उच्च उचाइमा तालिम दिएका छन्। तिब्बतमा पर्वतारोहण खेलले ती पर्वतारोहीहरूलाई टाढाबाट त्यहाँ आउन आकर्षित गरेको छ।

ल्याउ निङ प्रान्तीय ताल्यान शहरबाट ल्हासासम्म विमानद्वारा आएका जोडा चाउ लु र उनका श्रीमानले आफ्ना दिदी र दिदीको श्रीमान पनि तिब्बतमा झोमोलामा अर्थात् सगरमाथा चढेका थिए र आफूले पनि तिब्बतमा पर्वतारोहण अनुभव गर्न आएको जानकारी दिएकी छन्। चाउ लु जोडाले ६ हजार दस मिटर अग्लो लोत्वी चुचुरोको पर्वतारोहणबाट उच्च उचाइको पर्वतको पर्वतारोहण गर्ने योजना गरेका छन्।

तिब्बत स्वायत्त प्रदेशीय खेलकूद व्यूरोका पदाधिकारी वाङछिङ कलेले तिब्बत पर्वतारोहण महत्सवलाई विशेषतायुक्त खेलकूद तथा पर्यटन मार्कालाई अझ राम्रो पार्ने योजना रहेको बताएका छन्।

जानकारी तथा लेखहरु