फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतमा सीपीसीको 19 औँ महाधिवेशनको प्रभावको सकारात्मक मूल्याङ्कन

(GMT+08:00) 2017-11-07 14:43:09

भारतका लागि चिनियाँ राजदुत लो चाउ ह्वैले नोभेम्बर छ तारिख भारतीय प्रसिद्ध थिङ्कट्याङ्क अर्थात् विवेकानन्द अन्तर्राष्ट्रिय फाउण्डेसन र चिनियाँ अनुसन्धान कार्यालयको संयोजकत्वमा आयोजित "चिनियाँ कम्युनिष्ट पार्टीको 19 औँ महाधिवेशन र चीन-भारत सम्बन्ध" शीर्षकको गोष्ठीलाई सम्बोधन गर्नुभएको छ।

आफ्नो सम्बोधनमा राजदुत लोले 19 औँ महाधिवेशनको महत्वपूर्ण प्रतिफल र अर्थबारे जानकारी दिनुका साथै त्यसले चीनको विकास, चीन र बाह्य जगत बीचको सम्पर्क र चीन-भारत सम्बन्धका लागि पारेको महत्वपूर्ण प्रभावमा पनि गहन रुपमा प्रकाश पार्नुभएको छ।

चीनले भारतसँगको सम्बन्धमा उच्च महत्व दिँदैआएको बताउँदै राजदुत लोले निकट भविष्यमा चीन र भारत बीच अनेकन् व्यवस्थात्मक सम्झौता-वार्ताको आयोजना गरिने जानकारी पनि दिनुभएको छ।

जानकारी तथा लेखहरु