फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानमा प्रतिआतंकवादमा उपलब्धि

(GMT+08:00) 2017-11-07 14:58:17
केही वर्षयता, पाकिस्तानमा आतंकबाद विरोधी कार्य सकारात्मक उपलब्धि हासिल भएकोले पाकिस्तानमै आतंकबादी आक्रमणको संख्या घट्दै गएको साथै सुरक्षा परिस्थिति पनि राम्रो बन्दै गएको पाकिस्तानी गृह मन्त्रालयले हिजो नोभेम्बर ६ तारिख जनाएको छ।

सन् २०१५ मा राष्ट्रिय कार्वाही योजना लागू भएयता, पाकिस्तानी सरकारको ९ हजार प्रतिआतंकवादी सशस्त्र फौजले आतंकवादी शक्तिलाई प्रहार गर्दै सकारात्मक उपलब्धि हासिल गरेको पाकिस्तानी गृह मन्त्रालयको एक प्रतिवेदनमा उल्लेख छ। हालसम्म आतंकवाद विरोधी विविध गतिविधिहरूमा मारिएका आतंकवादी व्यक्तिको संख्या २ हजार एक सय २७ पुगेको छ। यसका साथै पक्राउ गरिएका व्यक्तिको संख्या ५ हजार ८ सय ८४ पुगेको छ। पक्राउ परेकामध्ये ४८३ जनालाई कानूनी सुनुवाईपछि मृत्यु दण्ड दिइएको छ।

पाकिस्तान सरकारले इलेक्ट्रोनिक तथा छापा माध्यमको नियन्त्रणलाई सबल पारी आतंकवाद सम्बन्धित वेभसाइटहरू तथा पत्रिकाहरू बन्द गरेको छ।

जानकारी तथा लेखहरु