फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"सी चिन फिङ: चीनको शासन व्यवस्था"को दोस्रो भाग प्रकाशित

(GMT+08:00) 2017-11-07 15:18:43

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार-प्रसार विभाग, केन्द्रीय समितिको साहित्य अनुसन्धान कार्यालय र चीनको विदेशी भाषा ब्युरोको संयुक्त सम्पादनमा "सी चिङ फिङ: चीनको शासन व्यवस्था"को दोस्रो भाग हालै चीनको विदेशी भाषा प्रकाशन एजेन्सीले चिनियाँ र अङ्ग्रेजी भाषामा प्रकाशन गरी देश र विदेशतर्फ पुर्‍याएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको 18 औँ महाधिवेशनदेखि सी चिन फिङ केन्द्रित रहनुभएको केन्द्रीय समितिले समस्त पार्टी र विभिन्न जातिका जनताहरूको नेतृत्व गरेर पार्टी र देशको कार्यमा ऐतिहासिक उपलब्धि प्राप्त गर्नुका साथै ऐतिहासिक सुधार पनि गर्दैआएको छ। चिनियाँ विशेषतायुक्त समाजवाद पनि नयाँ युगमा प्रवेश गरेको देखिन्छ।

"सी चिङ फिङ: चीनको शासन व्यवस्था"को दोस्रो भागमा सन् 2014 को अगष्ट अठारदेखि सन् 2017 को सेप्टेम्बर उन्नतीस तारिखसम्मको अवधिमा महासचिव सी चिन फिङले गर्नुभएको सम्बोधन, मन्तव्य, निर्देशन र शुभकामना सन्देशहरू समावेश गरिएको छ।

जानकारी तथा लेखहरु