फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका लागि अमेरिकी राजदुतद्बारा अमेरिका तथा चीनका राष्ट्रनायक बीचको पैचिङ भेट-वार्ताबारे चर्चा

(GMT+08:00) 2017-11-07 15:27:20

चीनका लागि अमेरिकी राजदुत टेरी ब्रान्स्टाडले हिजो नोभेम्बर छ तारिख पैचिङमा पत्रकारलाई अन्तर्वार्ता दिने क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणबारे चर्चा गर्दै अमेरिका तथा चीनका राष्ट्रनायक बीचको पैचिङ भेट-वार्ता एउटा महत्वपूर्ण ऐतिहासिक भेट-वार्ता हुने ठहर गर्नुभएको छ।

चीनका राष्ट्राध्यक्ष सी चिन फिङको निमन्त्रणामा अमेरिकी राष्ट्रपति ट्रम्पले नोभेम्बर आठदेखि दश तारिखसम्म चीनको राजकीय भ्रमण गर्नुहुने छ। राजदुत ब्रान्स्टाडले भ्रमण अवधिमा दुवै देशका राष्ट्रनायकले दुवै देश सम्बन्धको विकास र साझा चासोका महत्वपूर्ण विषयहरूबारे वैचारिक आदान-प्रदान गर्नुहुने जानकारी पनि दिनुभएको छ।

चीन र अमेरिका बीच सहकार्यको भविष्यबारे चर्चा गर्दै राजदुत ब्रान्स्टाडले आशावादी रहेको बताउनुभएको छ।

जानकारी तथा लेखहरु