फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी राष्ट्रपति ट्रम्पको चीन-भ्रमणबाट ऐतिहासिक सफलता प्राप्त हुने चीनको आशा

(GMT+08:00) 2017-11-07 17:42:52
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले आज नोभेम्बर सात तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणमा ऐतिहासिक सफलता प्राप्त हुने र त्यस भ्रमणबाट नयाँ युगमा चीन-अमेरिका सम्बन्धलाई स्वस्थ र स्थिर रुपमा विकसित बनाउने आशा चीनले लिएको बताउनुभएको छ।

चीनका राष्ट्राध्यक्ष सी चिन फिङको निमन्त्रणमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भोलि नोभेम्बर आठदेखि दश तारिखसम्म चीनको राजकीय भ्रमण गर्दै हुनहुन्छ। चिनियाँ कम्युनिष्ट पार्टीको 19 औँ महाधिवेशन सम्पन्न भएपछि चीनमा स्वागत गरिने पहिलो राजकीय भ्रमण पनि हो।

अमेरिकासँगै मिलेर दुवै देशका राष्ट्रनायक बीच सम्पन्न महत्वपूर्ण मतैक्य बमोजिम एकले अर्काको सम्मान गरेर चीन-अमेरिका सम्बन्धलाई दीर्घ, स्वस्थ र स्थिर रुपमा विकसित पार्दैजान चीन इच्छुक रहेको कुरा पनि प्रवक्ता ह्वाले औँल्याउनुभएको छ।

जानकारी तथा लेखहरु