फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रधानमन्त्री ली र जर्मनीका चान्सलर मर्केलबीच टेलिफोन वार्ता

(GMT+08:00) 2017-11-08 15:42:12

चीनका प्रधानमन्त्री ली ख छ्याङले नोभेम्बर सात तारिख दिउँसो जर्मनीका चान्सलर एजेन्ला मर्केलसँग टेलिफोन वार्ता गर्नुभएको छ।

टेलिफोन वार्तामा दुवै नेताले विगत एक वर्षमा चीन र जर्मनी बीचको सम्बन्ध र सहयोगले प्राप्त गरेको नयाँ प्रगतिको उच्च मूल्याङ्कन गर्नुभयो। प्रधानमन्त्री लीले जर्मनीसँग उच्च स्तरीय आदान-प्रदानलाई घनिष्ठ पार्ने र नयाँ चरणको चीन-जर्मनी सरकारी वार्ताको राम्रोसँग आयोजना गर्ने बताउँदै दुई देशबीचको सहयोगलाई अझै गहिरो, फराकिलो र उच्चस्तरतर्फ लम्कन अगाडि बढाउने आशा चीनले लिएको कुरा बताउनुभयो।

जर्मन नेता मर्केलले जर्मनीले चीनसँग उच्च स्तरीय आदान-प्रदानलाई कायम राख्ने, सम्प‍र्क र समन्वयलाई बढाउने र नयाँ चरणको चीन-जर्मनी सरकारी वार्ताको तयारी कार्य छिटो रुपमा शुरु गर्ने बताउनुभयो। उहाँले आर्थिक तथा व्यापारिक सहयोगलाई सबल पार्ने आशा पनि प्रकट गर्नुभयो।

जानकारी तथा लेखहरु