फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी राष्ट्रपति ट्रम्प पैचिङमा

(GMT+08:00) 2017-11-08 15:43:07

चीनका राष्ट्राध्यक्ष सी चिन फिङको निमन्त्रणामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नोभेम्बर आठ तारिख दिउँसो पैचिंग आइपुग्नु भएको छ।

चालू वर्षको शुरुमा ट्रम्पले अमेरिकी राष्ट्रपतिको पद सम्हाल्नुभएयता चीनको भ्रमण गर्नुभएको यो पहिलो पटक हो। यसका साथै चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाईसौं महाधिवेशन सफलताका साथ सम्पन्न भएपछि चीनले स्वागत गरेको पहिलो राजकीय भ्रमण पनि हो।

चीन भ्रमणको दौरान चिनियाँ र अमेरिकी नेताहरूले साझा अभिरुचिका महत्वपूर्ण समस्याहरूबारे रणनीतिक आदान-प्रदान गर्नुहुने छ। सो अवसरमा नयाँ सहमति हासिल हुने र पारस्परिक समझदारी तथा मित्रतालाई सबल पारिने समाचारमा उल्लेख छ।

जानकारी तथा लेखहरु