फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा कोरियाली प्रायद्विपको आणविक समस्याको अडान पुनःप्रकट

(GMT+08:00) 2017-11-08 18:19:29

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता व्हा छुन यिङले आज नोभेम्बर आठ तारिख कोरियाली प्रायद्विपको आणविक समस्याबारे चीनको अडान पुनःप्रकट गर्नुभएको छ। प्रवक्ता व्हा छुन यिङले सम्बन्धित विभिन्न पक्षले कोरियाली प्रायद्विपको तनावपूर्ण परिस्थितिलाई न्यूनीकरण गर्न र शिथिल पार्न, कोरियाली प्रायद्विपको आणविक समस्यालाई वार्तामार्फत समाधान बाटोमा फर्काउन सकारामत्मक प्रयास गर्ने आशा व्यक्त गर्नुभएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाको भ्रमण गर्नुभएको दौरान कोरियाली प्रायद्विपको आणविक समस्याबारे प्रकट गर्नुभएको धारणाबारे पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिँदै प्रवक्ता व्हाले चीनले यसमाथि ध्यान दिएको कुरा बताउनुभयो।

साथै व्हाले उत्तर कोरियासम्बन्धी संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको निर्णय-प्रस्तावलाई चीनले सधैँ नै गम्भीर रुपमा र निष्ठापूर्वक कार्यान्वयन गरिरहेको, निर्णय-प्रस्तावमा निषेध गरिएको विषयको गम्भीर रुपमा कार्यान्वयन गरिरहेको र अन्तर्राष्ट्रिय दायित्वलाई व्यवहारमा उतारिरहेको कुरामा जोड दिनुभयो।

जानकारी तथा लेखहरु