फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीद्वारा संचारकर्मीहरुलाई चीनको पुनरूत्थानमा जुट्न आव्हान

(GMT+08:00) 2017-11-08 19:19:58

अखिल चीन प्रेस कार्यालय संघ स्थापित भएको ८०औँ वार्षिकोत्सवको उपलक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव,चीनका राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले आज नोभेम्बर ८ तारिख चीनका सबै संचारकर्मीहरुलाई बधाई सन्देश पठाउनुभएको छ।

बधाई सन्देशमा सीले अखिल चीन पत्रकार संघले प्रेस दलको निर्माण गर्दै बैदेशिक आदानप्रदानको प्रवर्द्धन गर्दै आएको र राम्रो वातावरण सिर्जना गरेको कुरा औँल्याउनुभएको छ। नयाँ युगमा अखिल चीन पत्रकार संघले चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनको भावनासँगै आफ्नो प्रेस जनमतको कर्तव्य बहन गर्ने कुरामा सीले जोड दिनुभएको छ। व्यापक प्रेस कार्यकर्तालाई भेला गराएर चीनको कथा र चिनियाँ आवाजको प्रचार प्रसार गर्दै चिनियाँ राष्ट्रको पुनरूत्थान नामक चिनियाँ कल्पनालाई व्यवहारमा उतार्न नयाँ र अझ ठूलो योगदान गर्ने आशा पनि सीले व्यक्त गर्नुभएको छ।

आज विहान अखिल चीन पत्रकार संघ स्थापित भएको ८० औँ वार्षिकोत्सव मनाइने सम्मेलन अर्थात् २७ सौँ चीन प्रेस पुरस्कार वितवरण समारोह आयोजित भएको छ र सम्बद्ध संस्था र एकाइका ३०० जना संचारकर्मी प्रतिनिधिहरूले भाग लिएका छन्।

थाहा भए अनुसार, अखिल चीन पत्रकार संघ मातहत २१७ वटा समूह छन् र चीनभरिका ६ हजार ८ सय वटा प्रेस संचारमाध्यममा कार्यरत लाखौं संचारकर्मीहरू अखिल चीन पत्रकार संघमा आवद्ध रहेका छन्।

जानकारी तथा लेखहरु