फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रिय संघीय सुरक्षा परिषदको सुधारको प्रवर्द्धनः चिनियाँ प्रतिनिधि

(GMT+08:00) 2017-11-08 19:30:03

संयुक्त राष्ट्र संघको लागि चिनियाँ आवासीय प्रतिनिधि मण्डलका अस्थायी प्रमुख उ हाइथाउले हिजो नोभेम्बर ७ तारिख राष्ट्रिय संघीय महासभामा सुरक्षा परिषदको सुधारको सम्बन्धमा लेखाजोखा बैठकमा सुरक्षा परिषदको सुधारलाई अघि बढाउन आह्वान गर्नुभएको छ।

सुरक्षा परिषदको सुधार नै सम्पूर्ण सदस्य मुलुकको हित र संयुक्त राष्ट्र संघको दीर्घकालीन विकाससँग सम्बन्धित भएको साथै विश्वव्यापी सुरक्षा अवस्थाको भविष्यसँग पनि घनिष्ट सम्बन्ध भएको उहाँले प्रकाश पार्नुभएको छ। साथै उहाँले विकासोन्मुख मुलुक विशेष गरी अफ्रिकी मुलुकको प्रतिनिधित्व र बोल्ने अधिकारलाई बढाउनुपर्ने विचार पनि व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु