फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-पाकिस्तान आर्थिक करिडोर तेस्रो पक्षमाथि लक्षित नभएको चीनको भनाइ

(GMT+08:00) 2017-11-09 15:09:45

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता व्हा छुन यिङले हिजो नोभेम्बर आठ तारिख चीन-पाकिस्तान आर्थिक करिडोर आर्थिक सहयोग प्रस्ताव रहेको र तेस्रो पक्षमाथि लक्षित नभएको बताउँदै भूभाग र सर्वभौमिकताको विवादसित सन्बन्धित नरहेको बताउनुभएको छ।

प्रवक्ता व्हा छुन यिङले सोही दिन आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

भारतका लागि रुसी राजदूतले चीन र भारतले "बेल्ट एण्ड रोड"प्रस्तावमार्फत पारस्परिक समझदारीलाई बढाउनुपर्ने र यो समस्यामा दुई पक्षको मतभेदबारे छलफल गरेर समहति प्राप्त गर्नुपर्ने बताउनुभएको उल्लेख गर्दै यस विषयमा पत्रकारले प्रश्न सोधेका थिए।

प्रश्नको जवाफ दिँदै प्रवक्ता व्हाले "बेल्ट एण्ड रोड" प्रस्ताव एक खुला र समावेशी सहयोग प्रारुप रहेको भन्दै "बेल्ट एण्ड रोड" प्रस्ताव मान्यता दिएका मुलुकहरूसँग साझा विकास गर्ने र सहयोगात्मक विकास गर्ने आशा चीनले लिएको कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु