फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङ र ट्रम्पबीच भेटवार्ता

(GMT+08:00) 2017-11-09 15:48:06

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज नोभेम्बर नौ तारिख जन वृहत सभा भवनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नुभएको छ। दुई मुलुकका राष्ट्रनायकहरूले चीन र अमेरिकाको सम्बन्ध, साझा अभिरुचिका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समस्याहरूबारे वैचारिक आदान-प्रदान गर्नुभएको छ।

उहाँहरूले चालू वर्षयता चीन र अमेरिकाको सम्बन्धले महत्वपूर्ण प्रगति हासिल गरेको, चीन र अमेरिकाको सम्बन्ध दुई मुलुकका जनताको लाभसित सम्बन्धित रहेको पनि विश्वको शान्ति, स्थिरता र समृद्धिसित सम्बन्धित रहेको ठहर लिनुभयो। साथै उहाँले सहयोग चीन र अमेरिकाको एक मात्रै सही छनौट हो भन्ने कुरा बताउनुभयो।

सीले अमेरिकासँग पारस्परिक रुपमा सम्मान हुने, सहयोगमाथि ध्यान दिने, विवादको नियन्त्रण गर्ने, दुई मुलुकका जनतालाई अझै धेरै लाभ दिने र विश्वका जनतालाई अझै धेरै लाभ दिने आशा चीनले लिएको कुरा बताउनुभयो।

ट्रम्पले अमेरिका र चीनको सम्बन्ध विशाल सम्बन्ध हो भन्दै अमेरिका र चीनको सहयोग दुई मुलुकको मूलभूत हितसित अनुकूल भएको, वर्तमान विश्वव्यापी समस्याहरुको समाधान गर्नका लागि निकै महत्वपूर्ण हो भन्ने कुरा बताउनुभयो।

भेटवार्तापछि दुई मुलुकका राष्ट्रनायकहरूले ऊर्जास्रोत, उत्पादन, कृषि, उड्डयन, विजुली तथा ग्यास, मोटर गाडीआदि क्षेत्रहरूको वाणिज्य सम्झौता र लगानी सम्झौता पत्रको हस्ताक्षरको साक्षी गर्नुभयो। ट्रम्पको चीन भ्रमणका क्रममा दुई मुलुकले हस्ताक्षर गरेको सम्झौता र लगानी सम्झौताको कुल रकम दुई खर्ब पचास अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ।

भेटवार्ताअघि राष्ट्राध्यक्ष सी चिन फिङले जन वृहत सभा भवनको पूर्वी ढोका बाहिरको चोकमा आयोजित भव्य समारोहमा ट्रम्पलाई चीनमा औपचारिक स्वागत गर्नुभएको थियो।

जानकारी तथा लेखहरु