फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-अमेरिका व्यवसायीहरूको वार्ताको समापन समारोहमा चीन र अमेरिका राष्ट्रनायकको उपस्थिति

(GMT+08:00) 2017-11-09 16:13:48

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज नोभेम्बर ९ तारिख बेइजिङस्थित जन बृहत सभाभवनमा चीनको राजकीय भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगै चीन-अमेरिका व्यवसायीहरूको वार्ताको समापन समारोहमा भाग लिनुभइ सम्बोधन गर्नुभएको छ।

सम्बोधनमा राष्ट्राध्यक्ष सीले चीनको आर्थिक परिस्थिति र चीन-अमेरिका आर्थिक तथा व्यापारिक सम्बन्धबारे ३ बुँदे विचार व्यक्त गर्नुभएको छ। राष्ट्राध्यक्ष सीले चीनको अर्थतन्त्रको अवस्था दीर्घकालीन रूपमा राम्रो हुँदै जाने र उज्ज्वल हुने औँल्याउनुभएको छ। चीनमा सुधार तथा खुलापनको दिशातिर अडिगताका साथ अघि बढ्दै जाने निश्चित र स्पष्ट भएको कुरा पनि राष्ट्राध्यक्ष सीले प्रकाश पार्नुभएको छ। चीन र अमेरिका बीच आर्थिक तथा व्यापारिक सहयोगको भविष्य फराकिलो हुने विश्वास पनि सीले व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभएको छः आपसी आर्थिक तथा व्यापारिक सहयोग तीब्र बृद्धि भएकाले कहिलेकाहीँ व्यापार घर्षण देखा पर्ने स्वाभाविकै कुरा हो । यसलाई दुवै पक्षले समान र आपसी हितको आधारमा वार्ता तथा छलफलमार्फत उचित संचालन गर्नुपर्छ।

सो अवसरमा अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिका तथा चीन घनिष्ट सहयोगात्मक साझदार रहेको र आर्थिक, सुरक्षा लगायतका विविध क्षेत्रमा व्यापक सहमति प्राप्त भएको पुष्टि गर्नुभएको छ। पारस्परिक सहयोगलाई विस्तार गर्नु नै दुवै देशको विकासको लागि हितकर भएको पनि उहाँले औँल्याउनुभएको छ। चीनसँगै मिलेर आर्थिक, व्यापारिक तथा उर्जा लगायत क्षेत्रका सहयोगको प्रवर्द्धन गर्दै जाने इच्छा पनि राष्ट्रपति ट्रम्पले प्रकट गर्नुभएको छ।

सो अवसरमा वाङ याङ, तिङ स्ये स्याङ, लिउ ह, याङ चे छ, अमेरिकी विदेश मन्त्री रेक्स टेलिर्सन एवं दुई देशका लगभग ५० जना व्यवसायीहरूले सो कार्यक्रममा सहभागी थिए।

जानकारी तथा लेखहरु