फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र अमेरिकाका राष्ट्रनायकहरूको भेटवार्तामा महत्वपूर्ण सहमति

(GMT+08:00) 2017-11-09 18:48:09

चीनका राष्ट्राध्यक्ष सी चिन फिङको निमन्त्रणामा हिजो नोभेम्बर आठ तारिखदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणमा हुनुहुन्छ।

चीनका उप परराष्ट्र मन्त्री चङ च क्वाङले सञ्चार-माध्यमलाई जानकारी दिनुभएअनुसार, दुई दिनयता राष्ट्राध्यक्ष सी चिन फिङ र राष्ट्रपति ट्रम्पले चीन र अमेरिकाको सम्बन्ध र साझा अभिरुचिका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समस्याहरूबारे वैचारिक आदान-प्रदान गर्नुभएको र नयाँ युगमा चीन र अमेरिकाको सम्बन्धको विकासबारे धेरै क्षेत्रहरूको महत्वपूर्ण सहमति प्राप्त गर्नुभएको छ। उहाँहरूको भेटवार्ताले महत्वपूर्ण र प्रशस्त उपलब्धि हासिल गरेको छ।

जानकारी तथा लेखहरु