फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भियतनामको पत्रिकामा राष्ट्राध्यक्ष सीको लेख प्रकाशित

(GMT+08:00) 2017-11-09 19:03:45

आज नोभेम्बर ९ तारिख समाजबादी गणतन्त्र भियतनामको राजकीय भ्रमण गर्नुअघि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा चीनका राष्ट्राध्यक्ष सी चिन फिङको भियतनामबाट प्रकाशित हुने 'जन अखवार'मा 'चीन-भियतनाम मित्रताको नयाँ पाना' शीर्षकमा एउटा लेख प्रकाशन गरिएको छ।

लेखमा राष्ट्राध्यक्ष सीले दुवै मुलुक हातमा हात मिलाएर बलियो देश र धनी जनताको सपनालाई साकार तुल्याउन प्रयास गर्ने आशा व्यक्त गर्नुभएको छ। अन्तर्राष्ट्रिय तथा क्षेत्रीय परिस्थिति परिवर्तित भएको क्रममा चिनियाँ कम्युनिष्ट पार्टी तथा भियतनामी कम्युनिष्ट पार्टीका सामु देखा परेका नयाँ समस्या तथा चुनौती बराबर भएकोले सीले यसबारे आफ्ना विचारहरू व्यक्त गर्नुभएको छ-

१. दिशाको नियन्त्रण गर्दै आपसी रणनीतिक विश्वासलाई नयाँ उचाइमा पुर्‍याउन प्रयास गर्नु।

२. पारस्परिक सहयोगलाई गहन पार्दै हितको मिलनको नयाँ स्थितिलाई सिर्जना गर्नु।

३. पारस्परिक आदानप्रदानलाई विस्तार गर्दै दुई देशका जनताको घनिष्टताको नयाँ जग बसाल्नु।

४. बहुपक्षीय सहयोग क्षेत्रमा नयाँ आकर्षण बनाउनु।

५. मूल परिस्थितिबाट छिमेकीपनाको नयाँ पाना पल्टाउँदै जानु।

यस पटकको भ्रमणताका राष्ट्राध्यक्ष सीले एशिया-प्रशान्त आर्थिक सहयोग संगठनका नेतागणको २५सौँ अनौपचारिक सम्मेलनमा भाग लिनुहुने कार्यक्रम छ। भ्रमणक्रममा आपसी सहयोगको निहित शक्ति पत्ता लगाएर आपसी सम्बन्धको नयाँ स्थिति सिर्जना गर्ने अपेक्षा सीले आफ्नो लेखमा प्रकट गर्नुभएको छ।

जानकारी तथा लेखहरु