फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमण पूरा

(GMT+08:00) 2017-11-10 14:31:03

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज नोभेम्बर 10 तारिख बिहान चीनको राजकीय भ्रमण पूरा गरी विशेष विमानद्बारा पैचिङबाट स्वदेश फिर्ता जानु भएको छ।

चीनका राष्ट्राध्यक्ष सी चिन फिङको निमन्त्रणामा राष्ट्रपति ट्रम्पले 8 तारिखदेखि 10 सम्म चीनको भ्रमण गर्नुभयो। सो अवसरमा उहाँहरुले चीन र अमेरिकाको सम्बन्ध र साझा अभिरुचिका महत्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलाबारे स्पष्ट र गहिरो रुपमा वैचारिक आदान-प्रदान गर्नुभएको छ। साथै उहाँहरुले नयाँ कालमा दुई देशको सम्बन्धको विकासबारे बहु-क्षेत्रीय सहमति पनि गर्नुभयो। भेट-वार्ताले महत्वपूर्ण र प्रशस्त उपलब्धि हासिल गरेको छ।

जानकारी तथा लेखहरु