फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी भियतनाम र लाओस भ्रमण

(GMT+08:00) 2017-11-10 14:33:10
भियतनामका राष्ट्रपति ट्रान डाइ क्वाङ्गको निमन्त्रणामा भियतनाममा आयोजित एशिया-प्रशान्त आर्थिक सहयोग संगठनको 25औँ अनौपचारिक शिखर सम्मेलनमा सहभागी हुनका लागि चीनका राष्ट्राध्यक्ष सी चिन फिङ आज नोभेम्बर 10 तारिख विहान विशेष विमानद्बारा पैचिङबाट हनोइ प्रस्थान गर्नु भएको छ। भियतनामी कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव न्गुयेन फु ट्रोङ्ग, भियतनामका राष्ट्रपति ट्रान डाइ क्वाङ्ग, लाओस जन क्रान्ति पार्टी केन्द्रीय समितिका महासचिव एवं राष्ट्रपति ब्वाङ्गनाङ्ग भोरचिथको निमन्त्रणामा भियतनाम र लाओसको भ्रमण गर्नुहुनेछ।
जानकारी तथा लेखहरु