फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रधानमन्त्री ली ख छ‍याङ र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भेटवार्ता

(GMT+08:00) 2017-11-10 14:34:15

चीनका प्रधानमन्त्री ली ख छ्याङले हिजो नोभेम्बर नौ तारिख बेइजिङस्थित जन वृहत सभा भवनमा चीनको राजकीय भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नुभएको छ।

ली ख छ्याङले हाल चीन र अमेरिकाको सम्बन्ध स्थिरताका साथ अगाडि बढिरहेको बताउँदै राष्ट्राध्यक्ष सी चिन फिङले ट्रम्ससँग सफलताका साथ भेटवार्ता र थुप्रै टेलिफोन वार्ता गर्नुभएको उल्लेख गर्नुभयो। उहाँले यो भ्रमणका क्रममा दुई पक्षीय फलदायक भेटवार्ता भएको र दुई मुलुकको सम्बन्ध र सहयोगको भावी परियोजनाबारे महत्वपूर्ण सहमति हासिल भएको उल्लेख गर्नुभयो।

1  2  
जानकारी तथा लेखहरु