फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ टोलीद्वारा लुम्बिनीमा रेल सम्भाव्यता अध्ययन

(GMT+08:00) 2017-11-10 16:23:25

चीनको केरुङदेखि काठमाडौँ र पोखरा हुँदै लुम्बिनी जोड्ने रेलवे लाईन निर्माणका लागि चिनियाँ उच्चस्तरीय सरकारी टोलीद्वारा लुम्बिनीमा सम्भाव्यता अध्ययन गरेको छ। चिनियाँ रेलवे विभागका उपप्रमुख उच्च स्तरीय सरकारी टोलीले बिहिबार लुम्बिनी आएर सम्भाव्यता अध्ययन गरेको रातोपाटी अनलाइनले लेखेको छ।

चीनको रेलवे प्रशासन मन्त्रालयका उच्च अधिकारी र प्राविधिकसहित आएको टोलीले बिहिबार रुपन्देहीको शंखरपुरदेखि लुम्बिनीसम्मको क्षेत्र अवलोकन गरेको हो। पाँच दिने भ्रमणमा आएको उक्त टोलीले काठमाडौँ, पोखरापछि रुपन्देहीका बिभिन्न क्षेत्रहरु अध्ययन गरिरहेको चिनियाँ राष्ट्रिय रेलवे प्रशासन मन्त्रालयका उपप्रमुख चङ चियन नेतृत्वमा आएको टोलीले चीनबाट काठमाडौँ–पोखरा–लुम्बिनीसम्म जोड्ने रेलमार्गबारे अध्ययन गरेको नेपाल रेल विभागका सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारले बताउनुभयो। अध्ययनपछि चिनियाँ टोली सकारात्मक रहेको पनि उहाँले जानकारी दिनुभयो।

सङको नेतृत्वमा आएको ३३ सदस्यीय टोलीमा रेल वे कम्पनीका प्राविधिक र व्यवसायी, चीनको परराष्ट्र, यातायात मन्त्रालयका प्रतिनिधि, राष्ट्रिय विकास आयोगका अधिकारी, परामर्शदाता, निर्माण व्यवसायी, बैंकका प्रतिनिधि र दूतावासका अधिकारीहरु समावेश रहेको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर तथा सूचना अधिकृत प्रकाश उपाध्यायले जानकारी दिनुभयो।

केरुङलाई लुम्बिनीसम्म जोड्न चिनियाँहरु एकदमै सकारात्मक छन्,' उपाध्यायले भन्नुभयो, 'तर यसमा सरकारी चासो हुनुपर्छ।' रुपन्देहीमा रेलवेको अध्ययन पश्चात टोलीले धार्मिक स्थल लुम्बिनीको अवलोकन भ्रमण गरेको थियो। लुम्बिनीको मायादेबि मन्दिर, चाइना मन्दिर, जर्मन मन्दिर तथा शान्तिद्वीप लगायतका बिभिन्न स्थानको अबलोकन गरी टोली बिहिबारै काठमाडौँ फर्किएको छ।

जानकारी तथा लेखहरु