फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङ भियतनामको डा नाङमा

(GMT+08:00) 2017-11-10 16:39:04

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव एवम् चीनका राष्ट्राध्यक्ष सी चिन फिङ आज नोभेम्बर दश तारिख भियतनामको डा नाङमा पुग्नुभएको छ। सी चिन फिङले एशिया प्रशान्त आर्थिक सहयोग संगठनका नेताहरूको 25औं शिखर सम्मेलनमा उपस्थित हुनुहुने र समाजवादी गणतन्त्र भियतनामको राजकीय भ्रमण गर्नुहुने कार्यक्रम छ।

आज दिउँसो एक बजे सी चिन फिङको विशेष विमान डा नाङ अन्तर्राष्ट्रिय विमानस्थल पुग्यो। भियतनाम सरकारका मन्त्रीहरू लगायत उच्च स्तरीय अधिकारीहरूले सी चिन फिङको हार्दिक स्वागत गर्नुभयो। भियतनामका युवायुवतीले सी चिन फिङलाई सम्मानमा पुष्पगुच्छा अर्पण गरेका छन्।

सीले विमानस्थलमा सम्बोधन गर्दै चिनियाँ कम्युनिष्ट पार्टी, चीन सरकार, चिनियाँ जनताको तर्फबाट भियतनामको कम्युनिष्ट पार्टी, भियतनाम सरकार, भियतनामका जनतालाई हार्दिन अभिवादन र शुभकामना दिनुभयो। उहाँले भियतनामको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव न्गुयेन फू ट्रोङ, भियतनामका राष्ट्राध्यक्ष ट्रान डाइ क्वाङआदि नेताहरू र भियतनामको विभिन्न क्षेत्रका व्यक्तिहरूसँग सम्पर्क गरी चीन र भियतनामका पार्टी र मुलुकको सम्बन्ध तथा साझा अभिरुचिका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समस्याहरुबारे वैचारिक आदान-प्रदान गर्ने अपेक्षा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु