फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा उत्पादित ठूलो ढाँचाको विमान सी.९१९ को पहिलो उडान

(GMT+08:00) 2017-11-10 18:42:58

आज नोभेम्बर १० तारिख चीनले बनाएको ठूलो ढाचाँ‌को यात्रुवाहक विमान सी.९१९ को पहिलो आन्तरिक उडान सफलताका साथ पूरा भएको छ। शाङहाइको फु तुङबाट पल्लो शानसी प्रान्तीय सीआन शहरसम्म सी.९१९ विमानले उडान गरेको हो। शहर-शहर बीचमा उडान गर्ने क्षमता भएको प्रतीकका रुपमा निर्धारित स्थिर संचालन अवस्थासँग विमानले मेल खाएको जनाइएको छ।

२ घण्टा २४ मिनेट लागेको सो उड्यानमा सबभन्दा उचाइमा ७८०० मिटर पुगेको र उडानको दूरी १३०० किलोमिटर रहेको छ।

सी.९१९ विमान चीनले अन्तर्राष्ट्रिय अग्रसर मापदण्ड र मूल बजारको मापदण्ड वमोजिम विकास तथा उत्पादन गरेको विमान हो। हालसम्म यो विमानका लागि २७ वटा ग्राहकले ७३० वटा विमानको अडर गरेका छन्।

जानकारी तथा लेखहरु