फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ र अमेरिकी राष्ट्रनायक बीचको भेट-वार्ताको सकारात्मक प्रभाव

(GMT+08:00) 2017-11-10 18:57:37
नोभेम्बर १० तारिख चीनका उप अर्थ मन्त्री चु क्वाङ याउले पत्रकार सम्मेलनमा चिनियाँ र अमेरिकी राष्ट्रनायक बीचको भेट-वार्तामा आर्थिक क्षेत्रमा हासिल भएको महत्वपूर्ण मतैक्यबारे जानकारी दिनुभएको छ। उप अर्थ मन्त्री चुले भेट-वार्तामा सम्पन्न आर्थिक सम्झौता र मतैक्यबाट दुई देशको आर्थिक सम्बन्धका लागि रणनीतिक निर्देशन दिएको र आगामी केही वर्षमा निरन्तर, सकारात्मक र स्वस्थ प्रभाव पर्ने विचार व्यक्त गर्नुभएको छ।

उप अर्थ मन्त्री चुका अनुसार, दुवै पक्ष बीच समष्टिगत अर्थ नीतिको सामन्जस्यता, विशेष गरी अर्थ, मुद्रा, विनिमय दर नीति, आ-आफ्नो बनौटमूलक सुधार तथा विश्वव्यापी आर्थिक संचालनबारे घनिष्ट सम्पर्क राखिरहेको पनि उल्लेख गर्नुभएको छ। दुवै पक्षले साझा प्रयास गर्दै विश्व अर्थतन्त्र बलियो, दिगो, सन्तुलित र निरन्तर बृद्धिलाई अघि बढाउँदै जाने छन्। साथै आफ्नो खुलापन समय तालिका र योजना वमोजिम, चीनले बैंकिङ, सेक्यूरिटी कोष र बिमा बजारको प्रवेश लगायत मौद्रिक क्षेत्रलाई खुलस्त पार्ने छ। यसका अतिरिक्त, चीनले अमेरिकाप्रति आफ्ना माग पनि प्रस्तुत गरेको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमणताका दुवै मुलुक बीच सम्पन्न वाणिज्य सम्झौता र लगानी सम्झौतामा संलग्न कूल रकम २ खर्ब ५० अर्ब अमेरिकी डलर पुगेको छ र यो नै आपसी आर्थिक सहयोगको नयाँ रेकर्ड सिर्जना भएको छ। विश्वमा आर्थिक तथा व्यापारिक सहयोगको नयाँ रेकर्ड पनि बनेको छ।

जानकारी तथा लेखहरु