फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी र रुसी राष्ट्रपति पुटिनबीचको वार्ता

(GMT+08:00) 2017-11-11 14:40:32

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले हिजो नोभेम्बर 10 तारिख भियत्नामको डा नाङमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट-वार्ता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, चीन र रुसबीच चौतर्फी रणनीतिक सहयोग साझेदारी सम्बन्धले नयाँ अन्तर्राष्ट्रिय सम्बन्धमा नमूना स्थापना भएका मुलुक हुन्। दुई देशको सम्बन्धको विकासलाई अगाडि बढाएर आफ्नो मुलुकको सुरक्षा र विकासलाई अझ घच्घच्याउनुका साथै क्षेत्रीय तथा विश्व्यापी शान्ति तथा स्थिरताको अझ रक्षा गर्ने इच्छा चीनले लिएको छ। दुई पक्षले आपसी समर्थनलाई निरन्तर रुपमा सबल पार्नुका साथै चौतर्फी सहयोगलाई विस्तार पार्नुपर्ने राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभयो।

एशिया प्रशान्त आर्थिक सहयोग संगठन एशिया प्रशान्त क्षेत्रमा सबैभन्दा महत्वपूर्ण आर्थिक सहयोग परिपाटी भएको राष्ट्राध्यक्ष सीले उल्लेख गर्नुभएको छ। साथै उहाँले रुसी राष्ट्रपति पुटिनलाई चिनियाँ कम्युनिष्ट पार्टीको 19 औँ महाधिवेशनले गरेको निर्णयहरुका बारेमा पनि जानकारी दिनुभएको छ।

सो अवसरमा रुसी राष्ट्रपति पुटिनले चिनियाँ कम्युनिष्ट पार्टीको 19 औँ महाधिवेशन भव्य रुपमा सफल भएकोमा बधाई दिनु भएको छ। रुसले दुइ देशबीच चौतर्फी रणनीतिक सहयोग साझेदारी सम्बन्धलाई कुटनीतिको प्राथमिकतामा राख्दै आएको पनि उहाँले व्यक्त गर्नुभयो।

सो अवसरमा उहाँहरुले कोरिया प्रायद्बीपको परिस्थितिलगायत साझा अभिरुचि मामिलाबारे वैचारिक आदान-प्रदान गर्नुभएको छ।

जानकारी तथा लेखहरु