फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एपेक तथा आशियानका नेतागण बीचको वार्तामा राष्ट्राध्यक्ष सी सहभागी

(GMT+08:00) 2017-11-11 14:56:20

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले हिजो नोभेम्बर १० तारिख भियतनामको डा नाङमा आयोजित एशिया-प्रशान्त क्षेत्रको आर्थिक तथा व्यापारिक सहयोग संगठनका एवं आशियानका नेतागण बीचको वार्तामा भाग लिनुभएको छ।

'नयाँ जीवन्त शक्तिलाई पत्ता लगाएर चौतर्फी सम्पर्क एवं एक रूपी एशिया-प्रशान्तको निर्माण गरौँ' विषयमा वार्तामा सहभागी नेतागणहरूले छलफल गरेर एपेक तथा आशियान बीचको सहयोगको सम्भावनाबारे अध्ययन गर्नुभएको छ।

आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले एपेक नै एशिया-प्रशान्त क्षेत्रमा सबभन्दा प्रभावकारी आर्थिक सहयोग मञ्च रहेको र आशियान भनेको एशियामा सबभन्दा जीवन्त र निहित शक्ति भएको संगठन भएकाले दुईटा संगठन बीचको सहयोगको उज्ज्वल भविष्य हुने विश्वास व्यक्त गर्नुभएको छ। यस्तो सहयोगबारेमा ३ बुँदे सुझाव पनि सीले प्रस्तुत गर्नुभएको छ। राष्ट्राध्यक्ष सीका तीन बुँदाहरुमा क्षेत्रीय अर्थतन्त्रको एकरूपलाई संयुक्त रूपमा अघि बढाउनु, आपसी सम्पर्क तथा जोडको निर्माणलाई प्रवर्द्धन गर्नु र सहनशील र दिगो विकासको संयुक्त प्रयास गर्नु रहेका छन्।

जानकारी तथा लेखहरु