फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एपेक अन्तर्गत उद्योग वाणिज्य शिखर सम्मेलनमा राष्ट्राध्यक्ष सीको सम्बोधनको उच्च मूल्याङ्कन

(GMT+08:00) 2017-11-11 15:35:57

राष्ट्राध्यक्ष सी चिन फिङले हिजो नोभेम्बर 10 तारिख दिउँसो भियत्नाममा एशिया प्रशान्त आर्थिक सहयोग संगठनअन्तर्गत उद्योग वाणिज्य शिखर सम्मेलनमा सहभागी भई सम्बोधन गर्नुभएको छ। उक्त सम्मेलनमा सहभागी पाहुनाहरुले राष्ट्राध्यक्ष सीको सम्बोधनमा नजर पूर्‍याउनुका साथै उच्च मूल्याङ्कन गरेका छन्।

राष्ट्राध्यक्ष सीले सम्बोधन गर्दै "बेल्ट एण्ड रोड"को निर्माण प्रस्तावको केन्द्रीय विषय आधारभूत प्रबन्धको निर्माण र आपसी सम्पर्कलाई घच्घच्याउनुका साथै अर्थनीतिको समन्वय तथा विकास रणनीतिक वार्तालाई सबल पारी साझा विकास र समृद्धलाई साकार तुल्याउनु रहेको बताउनुभएको छ। पपुआ न्यू गिनीका प्रधानमन्त्री पेटेर ओ नेयलले अन्तर्वार्ता दिँदै आधारभूत प्रबन्धको निर्माण र लगानीमा चीन सरकारले पपुआ न्यू गिनीलाई धेरै सहयोग गरेर "बेल्ड एण्ड रोड"प्रस्तावमा पपुआ न्यू गिनी दृढ सहभागी भएको बताउनुभएको छ।

भियत्नाम सामाजिक विज्ञान प्रतिष्ठानअन्तर्गत चीनको अनुसन्धान व्यूरोका भूतपूर्व प्रमुख डो टेन सामले चिनियाँ कम्युनिष्ट पार्टीको 19औँ महाधिवेशन प्रतिवेदनमा मानव भाग्य समूदायको निर्माणसम्बन्धी विषय अनुसन्धान गरेर विभिन्न देशलाई चीनबाट उक्त सिद्धान्त सिक्ने आशा व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु